Saturday, 31 October 2015

मुक्तक

तिम्रै बाटो हेरी हर जनम पर्खीनेछु
विश्वास गरन कुनै दिन फर्कीनेछु
मेरो यादले साह्रै सतायो भने नानु
छाम्नु मुटु धडकन बनी धडकीनेछु

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम ९
हाल भारत

Wednesday, 23 September 2015

मुक्तक

बिच बाटो मै यात्रा छुटाउनु थियो भने
भएका ती सम्बन्ध टुटाउनु थियो भने
आखिर किन दियै मन मुटु ए निष्ठुरी
आज फेरी जिन्दगीनै दुखाउनु थियो भने

Tuesday, 22 September 2015

मुक्तक

जुन दिन म मरेको मेरो लास हुनेछ
तेही मुर्दा सरीर तिमीलाई खास हुनेछ
भन्थै नी सानी तिमीले एक्लै जिउछु भनेर
तर कुनै दिन तिमीलाई मेरो आभास हुनेछ