श्री संस्कृति संरक्षण तथा समाज विकास युवा परिवार, गुल्मीदरबार गाउँपालिका-१, बलिथुम गुल्मी द्वारा आयोजित देउँसी भौलो कार्यक्रम २०७४
पुरा भिडियो हेर्नूहोस्
https://youtu.be/8NkYZujou1c
श्री संस्कृति संरक्षण तथा समाज विकास युवा परिवार, गुल्मीदरबार गाउँपालिका-१, बलिथुम गुल्मी द्वारा आयोजित देउँसी भौलो कार्यक्रम २०७४
पुरा भिडियो हेर्नूहोस्
https://youtu.be/8NkYZujou1c
यो धर्ति हुनु पर्छ अनि यो आकास हुनु पर्छ
तिम्रो मलाई मेरो तिम्लाई विस्वास हुनु पर्छ
रहर ले होइन हामी बाध्यताले छुटिए पनि
एक लाई अर्को को एसै गरि आभास हुनु पर्छ
अझै कति सम्म म सङ्ग झर्केर बोल्छौ .तिमी
कहिले काही त त्यो बोलिमा मिठास हुनु पर्छ
मुना लाई बिच सफर
मै छोडी हराएँको मदन साएँद त्यो बिरानो ठाउँ तेहीं प्रवास हुनु पर्छ
जति खेर नी गर्छन् घात त्यो मायाको कुरै नगरौ
खत्ति खेर छोड्छन् हात त्यो मायाको कुरै नगरौ
उनिलाई कुर्दा-कुर्दै हरेक बिहान अनि हरेक साझ
उन कै यादमा बिते रात त्यो मायाको कुरै नगरौ
त्यो मेरो साचो अनि चोखो मायामा देखाएँकै हुन्
आफै उनिले पक्ष पात त्यो मायाको कुरै नगरौ
उनिलाई सजाएँको, यो मुटु मा नै, उनि आफैले
हानि गएँकी हुन् लात त्यो मायाको कुरै नगरौ
केहर सिंह खासु मगर
गुल्मीदरबार गाउँपालिका-१, बलिथुम गुल्मी
मन भित्र बास गरी अन्तै डेरा जमाउँनु रैछ र पो
अस्ति भेटि हिजो कहाँ हो कहाँ हराउँनु रैछ र पो
म संग-सँगै जिउँने अनि मर्ने बाचा गरेउ तिमीले
आज मलाई रुहाइ अर्कैलाइ हसाउँनु रैछ र पो
रमाउँनु छ अब सुनौलो बिहानी सँगै
तिमी रमाउने यी आँखाको नानी सँगै
एक अर्काको साथमा रमाउदा-रमाउदै
यसै गरी बितोष हाम्रो जिन्दगानी सँगै
धेरै गरियो मजाक जिन्दगीको
कटै लाग्छकी पाप जिन्दगीको
हिजो अस्ति गरियो मोज मस्ती
अब लाग्छ रे सराप जिन्दगीको
केहर सिंह खासु मगर
गुल्मीदरबार गाउँपालिका बलिथुम-१गुल्मी
बिपनीमा नभेटेको धेरै भयो मेरी आमालाई
सपनीमा नदेखेको धेरै भयो मेरी आमालाई
ती सेता पानामा मैले पनि यी हातले एउटा
चिठ्ठी नलेखेको धेरै भयो मेरी आमालाई
केहर सिंह खासु मगर
तिम्रो अनि मेरो जम्का भेट भयो भने
न यता न उटा पाइला बिच्मै रयो भने
साच्चै त्यो पल तिमी के गर्छौ होला
तिम्रो यो भुपू प्रेमी रुदै-रुदै गयो भने
केहर सिंह खासु मगर