Tuesday, 3 April 2018

जति खेर नी गर्छन् घात त्यो मायाको कुरै नगरौ
खत्ति खेर छोड्छन् हात त्यो मायाको कुरै नगरौ

उनिलाई कुर्दा-कुर्दै हरेक बिहान अनि हरेक साझ
उन कै यादमा बिते रात त्यो मायाको कुरै नगरौ

त्यो मेरो साचो अनि चोखो मायामा देखाएँकै हुन्
आफै उनिले पक्ष पात त्यो मायाको कुरै नगरौ

उनिलाई सजाएँको, यो मुटु मा नै, उनि आफैले
हानि गएँकी हुन् लात त्यो मायाको कुरै नगरौ

केहर सिंह खासु मगर
गुल्मीदरबार गाउँपालिका-१, बलिथुम गुल्मी

No comments:

Post a Comment