Monday, 12 February 2018

३ मुक्तक

मन भित्र बास गरी अन्तै डेरा जमाउँनु रैछ र पो
अस्ति भेटि हिजो कहाँ हो कहाँ हराउँनु रैछ र पो
म संग-सँगै जिउँने अनि मर्ने बाचा गरेउ तिमीले
आज मलाई रुहाइ अर्कैलाइ हसाउँनु रैछ र पो

रमाउँनु छ अब सुनौलो बिहानी सँगै
तिमी रमाउने यी आँखाको नानी सँगै
एक अर्काको साथमा रमाउदा-रमाउदै
यसै गरी बितोष हाम्रो जिन्दगानी सँगै

धेरै गरियो मजाक जिन्दगीको
कटै लाग्छकी पाप जिन्दगीको
हिजो अस्ति गरियो मोज मस्ती
अब लाग्छ रे सराप जिन्दगीको
केहर सिंह खासु मगर
गुल्मीदरबार गाउँपालिका बलिथुम-१गुल्मी

No comments:

Post a Comment