((रोकिदैन यी आखामा झरी, मलाई एक्लै पारी गयौ,अन्तै बसाई सारी गयौ, अब कैले नफर्कीने गरी))
१,
मलाई हेर्दै एकोहोरो तोलाउदै
छोडेउ संसार मेरै नाम बोलाउदै
२,
राख उनलाई मेरै छेउ एक चोटी
अन्तिम पटक हेर्न देउ एक चोटी
३,
सपना हाम्रो चक्ना चुर बनाएर
गयौ आखिर सबै लाई रुहाएर
४,
भो भो आगो मलामी नलगाउ
म बस्ने त्यो मुटुलाई नजलाउ
लेखक=केहर सिहँ खासु मगर
गुल्मी बलिथुम (नौ)
No comments:
Post a Comment