Saturday, 28 May 2016

आधुनिक गित

पिर मा राखेर मलाई मेरी मायाँले पिरमा राखेर
पराई भैछिन् उनी आज अर्कैलाई सिरमा राखेर

मायाँ को  फुल  एउटै हुदा  भमरा  धेरै धेरै  भए
तेही  फुललाई  हेर्दा हेर्दै  यी आशुं  धेरै खेर  गए
मेरो नाउँमा उनिले  फुल पाती  मन्दिरमा राखेर
पराई भैछिन् उनी आज अर्कैलाई सिरमा राखेर

धेरै   ताधा  बाट   आए  म   तिम्रै  लागी   भनेर
उता   तिमी  पराई  भै   सकेछौ  अर्कैको  बनेर
त्यो ओठको मुस्कान सिमित तस्विरमा राखेर
पराई भैछिन् उनी आज अर्कैलाई सिरमा राखेर

तिमी देखी  धेरै ताधा  बसाई  सर्छु  जस्तो  छ
तिमी बिना एक्लै बाच्न सक्दिन मर्छु जस्तो छ
मायाँ गर्छु भन्ने ले  नै  मलाई गम्भिरमा  राखेर
पराई भैछिन् उनी आज अर्कैलाई सिरमा राखेर

पिरमा राखेर मलाई मेरी मायाँले पिरमा राखेर
पराई भैछिन् उनी आज अर्कैलाई सिरमा राखेर

लेखक=केहर सिंह खासु मगर
            गुल्मी बलिथुम ९

Monday, 2 May 2016

गजल

एउटैछ आकास एउटैछ  धर्ती रात कस्ले बनायो
बसन्त ऋतू संग-संगै फेरीने  पात कस्ते बनायो

एउटै हो मन एउटै हो मान्छे  अनी एउटै हो  रगत
तर यो संसारमा पानी नचल्ने जात कस्ले बनायो

यदी कसैलाई पानी नचल्ने जात भन्छौ भने तिमी
उस्को जस्तै तिम्रो आखाँ अनी हात कस्ले बनायो

हामीलाई भने दैलो भित्र  पनी पस्न  नदिने तिमी
तर तिम्रै घर भित्र रहेको त्यो खात कस्ले बनायो

सधै  हामीलाई तल्लो  अनी खल्लो  सोच्ने तिमी
लौ भनत छ पछी आउने  यो सात कस्ले बनायो

लेखक=केहर सिहँ खासु मगर
            गुल्मी बलिथुम (नौ)