Monday, 2 May 2016

गजल

एउटैछ आकास एउटैछ  धर्ती रात कस्ले बनायो
बसन्त ऋतू संग-संगै फेरीने  पात कस्ते बनायो

एउटै हो मन एउटै हो मान्छे  अनी एउटै हो  रगत
तर यो संसारमा पानी नचल्ने जात कस्ले बनायो

यदी कसैलाई पानी नचल्ने जात भन्छौ भने तिमी
उस्को जस्तै तिम्रो आखाँ अनी हात कस्ले बनायो

हामीलाई भने दैलो भित्र  पनी पस्न  नदिने तिमी
तर तिम्रै घर भित्र रहेको त्यो खात कस्ले बनायो

सधै  हामीलाई तल्लो  अनी खल्लो  सोच्ने तिमी
लौ भनत छ पछी आउने  यो सात कस्ले बनायो

लेखक=केहर सिहँ खासु मगर
            गुल्मी बलिथुम (नौ)

No comments:

Post a Comment