पिर मा राखेर मलाई मेरी मायाँले पिरमा राखेर
पराई भैछिन् उनी आज अर्कैलाई सिरमा राखेर
मायाँ को फुल एउटै हुदा भमरा धेरै धेरै भए
तेही फुललाई हेर्दा हेर्दै यी आशुं धेरै खेर गए
मेरो नाउँमा उनिले फुल पाती मन्दिरमा राखेर
पराई भैछिन् उनी आज अर्कैलाई सिरमा राखेर
धेरै ताधा बाट आए म तिम्रै लागी भनेर
उता तिमी पराई भै सकेछौ अर्कैको बनेर
त्यो ओठको मुस्कान सिमित तस्विरमा राखेर
पराई भैछिन् उनी आज अर्कैलाई सिरमा राखेर
तिमी देखी धेरै ताधा बसाई सर्छु जस्तो छ
तिमी बिना एक्लै बाच्न सक्दिन मर्छु जस्तो छ
मायाँ गर्छु भन्ने ले नै मलाई गम्भिरमा राखेर
पराई भैछिन् उनी आज अर्कैलाई सिरमा राखेर
पिरमा राखेर मलाई मेरी मायाँले पिरमा राखेर
पराई भैछिन् उनी आज अर्कैलाई सिरमा राखेर
लेखक=केहर सिंह खासु मगर
गुल्मी बलिथुम ९
No comments:
Post a Comment