Saturday, 22 October 2016

हाम्रो गाउमा पत्रकार आउदैन, गजल

बारिबाजो भाको समचार आउदैन
हाम्रो गाउमा पत्रकार आउदैन

आमा तिम्रा हराएका खुशिहरु खोज्न
गजलकार आउँछ सर्कार आउदैन

हलि हुनुको मजा अर्कै छ मित्र
मेरा बा लाई खोज्दै अख्तियार आउदैन

सम्झन खोज्छु कोको थिए आफन्त
आखामा कसैको अनुहार आउदैन

प्रबिधिको आबिश्कार बढी रहन्छ
यो दिल्को चिरफार गर्ने औजार आउदैन

हेरिराख धार बोकेर कलम आउँत
कविता बोकेर तबार आउदैन

(आश्मा मगर)

No comments:

Post a Comment