हर राट एक बोटल पिएर आउछु म
तेही फाटेको मन सिएर आउछु म
जुन हालतमा छोडेकी थियौ तिमीले
तेही हालत बाटै जिएर आउछु म
सायद तिमीले त बिर्सी सके हैली
अब तेही अतित लिएर आउछु म
तिमीले मलाई चिन्नै मुस्किल पर्ला
तिम्रै चप्पल जस्तै खिएर आउछु म
हाम्रो चोखो मायाँ छुटाउने हरूलाई
एक दिन चुनौटी दिएर आउछु म
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम
हाल भारत