पुरुष,नारी
हासी खुसी बाच्नु है तिमी, एक्लै एक्लै हुनेछु मै बरू,जती रूनु रूनेछु मै बरू,जिन्दगी भर हास्नु है तिमी
पुरुष
भत्किदै गयो मायाँको छानो
आफ्नै छायाँ भैदिदा बिरानो
नारी
डियकैथे म संग भएको जती
किन आज यस्तो भो पिरती
पुरुष
कति रोको भन्दैछ मेरो मनले
अझै रून्छु भन्दैछ यी नयनले
नारी
हामी दुईले खायको कसमले
बाचेकोछु त्यो तिम्रो बचनले
पुरुष
याद बनी यो मुटु भित्र बसेर
गयै आखिर आंशु संगै खसेर
नारी
हाम्रो मायाँ कसैलाई बताइन
किन म त्यो मुटु मा अताइन
लेखक=केहर सिंह खासु मगर
गुल्मी बलिथुम नौ
No comments:
Post a Comment