मेरो जस्तो तिम्रो मन भैन किन..?
तिम्रो याद यो मन देखी गैन किन..?
एकान्तमा म एक्लै बोली रहदा..!
साच्चै तिम्रो तस्विर बोल्दैन किन..?
केहर सिंह खासु मगर
गुल्मी बलिथुम नौ
मेरो जस्तो तिम्रो मन भैन किन..?
तिम्रो याद यो मन देखी गैन किन..?
एकान्तमा म एक्लै बोली रहदा..!
साच्चै तिम्रो तस्विर बोल्दैन किन..?
केहर सिंह खासु मगर
गुल्मी बलिथुम नौ
कुनै सम्बन्ध नरहदा हामी दुइ को सरिर संग
अझै कत्ति बिलौना गरौ म आफ्नै तक्दिर संग
अब यो मेरो प्रश्न को जवाफ दिनै पर्छ तिमीले
साच्चै के गुनासो थियो त्यो मेरो तस्विर संग
केहर सिंह खासु मगर
गुल्मी बलिथुम नौ
तिमीले अन्तिम पत्र दिऐको वर्षौ भएछ
तिम्रो अनी मेरो साथ छुटेको वर्षौ भएछ
म तिम्रै घर को बाटो वर पर गरे पनी
तर मैले तिमीलाई नदेखेको वर्षौ भएछ
केहर सिंह खासु मगर
गुल्मी बलिथुम नौ
मेरै अगादी अरकैको हात समाउँदै थियै
मलाई रुहाई अरु कसैलाई हसाउँदै थियै
सोचे तिम्रो खुसी नै मेरो खुसी तर तिमी
आज मेरो दु:ख मा बेस्सरी रमाउँदै थियै
केहर सिंह खासु मगर
गुल्मी बलिथुम नौ
आउदै छु म मलामी हरूको हुल लिएर
बाटैमा उभिनु तिमी हातैमा फुल लिएर
मलाई भुली रोज्नु अर्को जिवन साथी
नबस्नु आखा मा आशुं को मुल लिएर
केहर सिंह खासु मगर
गुल्मी बलिथुम नौ
यती मायाँ गर्दा पनी छोदेर जान्छौ भने
मलाई भन्दा धरै उसैलाइ चाहान्छौ भने
थिकैछ तिम्रो खुसी संगै हासी दिउला म
यटा बाचा तोडी उतै कसम खान्छौ भने
अब मैले तिमीलाई भन्नु त केनै रह्यो र
मायाँ प्रेम यसरी तिमीले नै छान्छौ भने
उपहार मा म यो मुटु दिने छु तिमीलाई
यदि तिमी ले हासी-हासी लान्छौ भने
अंतिम पतक भेत्न बोलाएको थिए मैले
भैगो आउँन पर्दैन अफ्थ्यारो मान्छौ भने
लेखक=केहर सिंह खासु मगर
गुल्मी बलिथुम ९
अब हामी पनी मानो रोपी मुरी फलाउने हो
छित्तो भन्नुस् धान रोप्न को-को आउने हो
आउनु हजुर अइचो पईचो आलै पालो गरौला
आज यता रोपौ भोली हजुरको बेसी झरौला
भाउजु दाई लाई पठाई दिनु खेत जोत्न लाई
अनि हजुर पनी आऊनु गरे धान रोप्न लाई
छित्तो पठाउ बा त्यो हलोको फाली बनाउन
यता धिलो हुन्छ फेरी खेतको आली बनाउन
त्यो पारिको डाडै छेकेर कुहिरो लायो दम्म
यि सबै खेत रोपी बनाउनु पर्छ आजै थम्म
चारै तिर बादल आकाश बाट पानी पर्दै छ
ल है बल्ल अलि छिटो-छिटो मेला सर्दै छ
ओल्लो तुप्पा पल्लो तुप्पा म गोरू भगाउदै
झुक्याउदै तिम्रो सरिर मा मैले हिलो लगाउदै
फेरी हिलोले छेपी दिन्छु तिमी यता नआउहै
यो खेत मा पुगेओ पानी अर्को खेतमा लगाउहै
सबै खेत भिजेर नी कत्ति छितो गिलो भएछ
यता आउ कान्छि पखालौ सरिर हिलो भएछ
नास्ता खान सबै बसेर तिरिरी खेतकै आलिमा
हिलो हात झ्वाम्मै परेओ नी सालिको थालिमा
साझ पर्न लागेछ है पारी झ्याउकिरी करायो
पोखरीमा भ्यागुता त्यार..गर्दैछ यो मन दरायो
सबै मास्थिर आउनु है साझ पर्यो बेला भएछ
फेरी घर बाट कराउदै भन्छन् यो कटा गएछ
पानिमै भिज्दै आइएछ बल्ल तल्ल घर सम्म
नभएको खेत सपनिमै रोपिएछ कस्तो अचम्म
सायद गाउँ घरमा धान रोप्ने माचो भएर होला
तिनै खेत हरुलाई युवा हरुको खाचो भएर होला
लेखक=केहर सिंह खासु मगर
गुल्मी बलिथुम ९
तिमीलाई जिताई यो मायाँमा मैले हार्ने छु
हास्नु तिमी सधै भरी आशुं मैले झार्ने छु
तिम्रा ती ओठ हरु मुस्काई रहुन् सधै भरी
तिम्रो खुसी देख्न पाऊ अब मैले यसै गरी
खुसी जती तिमीलाई पिडा मैलाई पार्ने छु
हास्नु तिमी सधै भरी आशुं मैले झार्ने छु
धोका दिने धोके बाज लाई भेत्न नपरोस्
भन्छौ अरे अब उनी लाई देख्न नपरोस्
बाच्नु तिमी रमाऊदै मैले बसाई सार्ने छु
हास्नु तिमी सधै भरी आशुं मैले झार्ने छु
तिमीलाई जित्ई यो मायाँमा मैले हार्ने छु
हास्नु तिमी सधै भरी आशुं मैले झार्ने छु
लेखक=केहर सिंह खासु मगर
गुल्मी बलिथुम ९