अब हामी पनी मानो रोपी मुरी फलाउने हो
छित्तो भन्नुस् धान रोप्न को-को आउने हो
आउनु हजुर अइचो पईचो आलै पालो गरौला
आज यता रोपौ भोली हजुरको बेसी झरौला
भाउजु दाई लाई पठाई दिनु खेत जोत्न लाई
अनि हजुर पनी आऊनु गरे धान रोप्न लाई
छित्तो पठाउ बा त्यो हलोको फाली बनाउन
यता धिलो हुन्छ फेरी खेतको आली बनाउन
त्यो पारिको डाडै छेकेर कुहिरो लायो दम्म
यि सबै खेत रोपी बनाउनु पर्छ आजै थम्म
चारै तिर बादल आकाश बाट पानी पर्दै छ
ल है बल्ल अलि छिटो-छिटो मेला सर्दै छ
ओल्लो तुप्पा पल्लो तुप्पा म गोरू भगाउदै
झुक्याउदै तिम्रो सरिर मा मैले हिलो लगाउदै
फेरी हिलोले छेपी दिन्छु तिमी यता नआउहै
यो खेत मा पुगेओ पानी अर्को खेतमा लगाउहै
सबै खेत भिजेर नी कत्ति छितो गिलो भएछ
यता आउ कान्छि पखालौ सरिर हिलो भएछ
नास्ता खान सबै बसेर तिरिरी खेतकै आलिमा
हिलो हात झ्वाम्मै परेओ नी सालिको थालिमा
साझ पर्न लागेछ है पारी झ्याउकिरी करायो
पोखरीमा भ्यागुता त्यार..गर्दैछ यो मन दरायो
सबै मास्थिर आउनु है साझ पर्यो बेला भएछ
फेरी घर बाट कराउदै भन्छन् यो कटा गएछ
पानिमै भिज्दै आइएछ बल्ल तल्ल घर सम्म
नभएको खेत सपनिमै रोपिएछ कस्तो अचम्म
सायद गाउँ घरमा धान रोप्ने माचो भएर होला
तिनै खेत हरुलाई युवा हरुको खाचो भएर होला
लेखक=केहर सिंह खासु मगर
गुल्मी बलिथुम ९
No comments:
Post a Comment