Friday, 22 April 2016

लोक गित

पुरुष,नारी
हासी खुसी बाच्नु है तिमी, एक्लै एक्लै हुनेछु मै बरू,जती रूनु रूनेछु मै बरू,जिन्दगी भर हास्नु है तिमी

पुरुष
भत्किदै गयो मायाँको छानो
आफ्नै छायाँ भैदिदा बिरानो

नारी
डियकैथे म संग भएको जती
किन आज यस्तो भो पिरती

पुरुष
कति रोको भन्दैछ मेरो मनले
अझै रून्छु भन्दैछ यी नयनले

नारी
हामी दुईले खायको कसमले
बाचेकोछु त्यो तिम्रो बचनले

पुरुष
याद बनी यो मुटु भित्र बसेर
गयै आखिर आंशु संगै खसेर

नारी
हाम्रो मायाँ कसैलाई बताइन
किन म त्यो मुटु मा अताइन

लेखक=केहर सिंह खासु मगर
गुल्मी बलिथुम नौ

साथीको मायाँ

पल्ला घरे दाई संगै ओल्ला घरे भाई पनी आछ होला
साच्चै गाउँ घरमा दिउसी भैलो रमाईलो भाछ होला
के गर्ने आफुत प्रदेशी तेसैले आउन पाइन यसपाली
साथी हरूलाई भने मेरो यदले कत्ती सताछ होला

माफ् गर्नु साथी संगी यसपाली म हजुर हरू देखी अली ताधा हुनु परेओ पोहोर साल जस्तै हजुर हरू संग-संगै मिलेर रमाईलो गर्ने रहर धेरै थियो मलाई पनी तर के गर्ने साथी हो यसपाली को मेरो रहर-रहर मै सिमीत हुनेभो थाहाछ साथी संगी हिजो राती म पनी हजुर हरू संग-संगै रियसल गरिरहेको थिए सबै भन्दा धेरै त त्यो साईली माईली मा तर भिउझिदात सपनापो देखेको रहेछु हजुर हरूले यसपाली पनी पोहोर साल जस्तै निद भोक केही नभनी कन सबै जना मिलेर यक्दम रमाईलो गर्नु हुनेछ भन्ने आसा गरेको छु
अरूत खै के भनुर हजुर हरूनै जान्ने बुझ्ने हुनुन्छ होइनर
तर एउटा साथी आएन भनेर हजुर हरूले मन नदुखाउनु होला है

यसपालिनी घुम्दै फिर्दै तिहार आयो
बितेका ती पल हरू फेरी सम्झायो
हजुर हरू संगै रमाउछु भन्दा मन्दै
माफ् गर्नु आफ्नै कर्मले यक्लै बनायो

लेखक=केहर सिंह खासु मगर
गुल्मी बलिथुम

प्रेम कथा

हरेक रात चुही रनेहने आंशु होकी पानी
तिम्रै यादले सताउदा भिजेछन् सिरानी
तिमी बिना मर्छु भन्थौ फुलझै ओइली झर्छु भन्थौ
तर आज त्यस्तै भयो हाम्रो प्रेम कहानी

हो हाम्रो माया साचो थियो चोखो थियो अनी निष्चल थियो, उनी धेरै खुसी थिइन् अनी म पनी उत्तिकै खुसी थिए, यो खुसी देखेर मलाई यस्तो लाक्थेओ की साएद संसारकै प्रेर्मी जोडी हरू भन्दा हाम्रो प्रेमनै धेरै खुसीछ र खुसी थियौ पनी।
तर यो हाम्रो मायामा खै कस्को आखा लागेओ कुन्नी, हीजो आज उनीसंग नत भेत भाकोछ नत फोनमा कुराकानी र पनी मैले धेरै कोसीच गरे उनीसंग भेत्न तर उनी भने भेत हुन चाहीनन्की म संग भेत हुन नदिएकोहो तर यो भने मैले बुझ्नै सकिन, अझै पनी मेरो मनले भन्दैछ उनीसंग भेटेर उनीको मनको कुरा सबै बुझ भनेर, तर अब असम्भव छ उनीसंग भेत हुन हो असम्भव छ।
र पनी यी आखा हरूले उनी आउने बाटो हेरीरयो उनी आइनन् तर अली धेरै दिन पछी उनीकै नाम बाट एउटा चिठ्ठी आयो अनी म पनी एक्दम खुसी भए सायद मेरो लागी यो दोस्रो खुसी थियो तर त्यो चिठ्ठी खोलेर हेरेपछी ति खुसी हरू फेरी दुख मा बद्लियो अनी म एक्लै कोठामा बसेर उनीले लेखेको एक एक सब्द हरू पण्दै रूदै गरे आखिर रून बाहेक केनैपो गर्न सक्ठेर मैले।
यदी तिमी बसेको यो मुटुनै दुखाएर ताधा हुन्छौ भने आखिर यो मुटुको मलाई के काम यो मुटुपनी तिमी संगै लिएर जाउ तिमीलाई काम लाग्नेछ मेरो याद आयो भने।
मलाईत अब यसै पनी तिम्रो याद संगै जिउने बानी भैसकेओ
तर तिमीले कुनैपल भनेकी थियौ, तिम्रो साथ बिना एकै पल पनी म त बाच्न सक्दिन।।
                                            क्रमश.........................
लेखक=केहर सिंह खासु मगर
गुल्मी बलिथुम नौ

आमा छोराको मुक्तक दोहोरी

छोरा,
सक्दिन यसैगरी आमा साउलाई कुराउन
बरु जान्छु आमा बिदेश तिर धन कमाउन
दु:ख गरेरै भए पनी धेरै धन कमाउने छु
काजी साउले लगेको गग्गा जमिन फर्काउन

आमा,
नजा बाबु बिदेश दु:ख गरेर तिरैला ऋण
बरू मेला पात तिर म संग-संगै हिन्
थाहा छ दुखीयालाई सधै दुखै को दु:ख
बिदेशी खुसी पनी रहदैन बाबु एकैछिन्

छोरा,
भाको एउटा घर पनी साहुले लयो भने
आकास को छाना मुनी बास भयो भने
अनी के गर्नेछौ हामीले भन्नु त आमा
रहेको थोरै खुसी पनी बगेर गयो भने

आमा,
यस्तो प्रश्न गरेर सारै मलाई नसता बाबु
ऋण तल माथी भाछकी सचिपलाई बता बाबु
तेरो बाबा ले भन्नु हुन्ठेओ ऋण चुक्ता भयो
नत्र उत्यो कागज पत्र अदालतमा पठा बाबु

छोरा,
सचिपले हामी हरुलाई बुझ्दैन आमा
अदालतले हाम्रो कुरा सुन्दैन आमा
हजुर ले पनी अब केही पिर नगर्नु
म बिदेश तिरै जान्छु हुदैन आमा

आमा,
बिदेश गए पछी खुसी हरू भाक्च बाबु
उकाली ओराली यो सरीर थाक्च बाबु
तेरो बाबा लाईनी तेही बिदेशले खायो
तेही भएर सम्झिदानी दर लाक्च बाबु

छोरा,
जाने बेला भयो बिदा दिनु आमा
सबैको भेला भयो बिदा दिनु आमा
आमा म छित्तै फर्किएर आऊने छु
अलि अबेला भयो बिदा दिनु आमा

आमा,
ल हुन्छ राम्रो संग जाउ बाबु
यो आमा लाई नरूहाउ बाबु
उता गएसी उतै तिर नभुले है
छित्तै गाउँ फर्किएर आउ बाबु

छोरा,
गाउले दाईलाई सबै बटाको छु
आमा यता मैले पैसा पाको छु
काजी को ऋण सबै चुक्ता गर्नु
यता उता गरेर पैसा पठाको छु

आमा,
बाबु तैले पठाएको पैसा सबै पाएछु
अनी काजी साउलाई सबै बुझाएछु
पिरको भारी हलुङ्गो भएर होला
थाहा छ बाबु आज म साह्रै रमाएछु

छोरा,
आउछु आमा हजुर लाइ प्यार लिएर
खुसी नै खुसी हरूको उपहार लिएर
त्यो कागी साउको घरै मुनी बातोमा
हिड्ने मनछ आमा चिल्लो कार लिएर

आमा,
आजलाई होइन भोलीलाई सोच्नु पर्छ
दुखै दु:खमा पनी खुसी हरू खोज्नु पर्छ
पैसाको घमन्ड कैले पनी गर्ने हैन बाबु
खुसी हरूको बिचमा दु:ख पनी रोज्नु पर्छ

लेखक=केहर सिंह खासु मगर
गुल्मी बलिथुम नौ

आमा

एउटा असल नारी जब बैबाहीक जिवनमा बाधिनुहुन्छ अनी नौ नौ महिना कोखमा गर्भ राखेर हामीलाई यो धर्ती मा ल्याउनु हुन्छ अनी एउटा असल नारी आमा बन्नुहुन्छ। सायद हामीलाई यो धर्ती सम्म ल्याउन कती दु:ख कस्त भोग्नु भयो होला तर हामी हरूकै पहिलो एक मुस्कानले गर्दा सबै दु:ख कस्त भुलिदिनुहुन्छ तिनै आमा हरूले। अनी हामी हरूलाइ स्याहार सुसार गर्दा गर्दै आमा हरूलाई कहिले पनी आराम गर्ने मैका मिल्दैन, तेती खेर सोच्नु हुन्छ कहिले थुलो हुन्छ र बल्ल सुख लोला अनी हामी हरूपनी हुर्किदै जादै गर्दा पहिलो पटक हाम्रो बोली बाट आमा भन्ने सब्द निस्किन्छ हो तेतीखेरै आमा हरू पनी धेरै खुसी हुनुहुन्छ। अनी पहिलो पटक आमाले नै हात छोपेर लेख्न सिकाउनु हुन्छ र हामी बिस्तारै हुर्कीदै जान्छै अनी भन्छौ आमा म स्कुल जाने है भनेर आमाले पनी मुस्कुराउदै हुन्छ भन्नु हुन्छ। अनी आमाले नै बोकेर पहिलो पटक स्कुल पुर्याउनु हुन्छ अनी पण्दा पण्दै हामी हरूपनी थुलो हुदै जान्छौ अनी आमाले हामीलाई यती दु:ख गरेर पडाउनु हुन्छ तर हामीले जती पदे पनी यो नेपाल मा कुनै जागीर पाईदैन हो यस्तै सोच्दा सोच्दै कुनै न कुनै दिन बिछोडीनु पर्छ धन कमाउने सपना लिएर। सधै हामीलाई धेखेर मुस्कुराउने ती आमाका ओठ हरूमा त्यो छेर कुनै मुस्कुरात नहुदो रहेछ हुदोरहेछत केबल आखा मा आंशु हरू मात्र हो तेती खेरै आफु लाई पनी भत्कानिएर रून मनलाग्दो रहेछ तर हामीलेत आमालाई सम्झाउनु पर्छ अनी आमालाई सम्झाउदै गर्दा मलाई छोडी नजा बाबु भन्दै धेरै रूनु हुन्छ तर हामीहरू जानै पर्छ, अनी आमाले रूदै तिका लगाइदिदै बिदाईका हात हरू हल्लाउनु हुन्छ र हामी हरू पनी लागीन्छ आफ्नो गन्तब्य तिर। पास्फोर्त अनी सठीपिकेत लिएर ऐर्पोत मा छिर्दा मनमा कम्ता चिसो पस्दो रहेछ तर पनी जानै पर्ने अनी काहो का बाट आयो एउटा जहाज अनी हावा संगै उदाएर लैजान्छ अपरिचित देशमा जहा आफ्नो भन्ने कोही नहुदो रहेछ हाम्रो जन्म भुमी जस्तो नहुदो रहेछ कर्म भुमी। अनी एक दिन आमाको फोन आउछ र आमाले भन्नु हुन्छ सन्चै छौ बाबु...? अनी हामी बिरामी भए पनी उम् आमा हामी सच्चै छौ भनेर भन्छौ हो आमाहरूले जती जे सोधेपनी हामी हरूले सिधा कहिले बताउदैनौ किन की हामीलाई यता साह्रै दु:ख छ तेसैले गर्दा पनी आमा हरू संग झुत बोल्ने गर्छौ तर यता कतीखेर पार्सल भएर नेपाल गैनेहो पत्तै हुदैन तेसैलेत होला जिउदो सरिर पनी मरे जस्तो लाग्छ तर जे नसोचेका थियै तेही भैदिन्छ। अनी नेपाल मा जता ततै रेडियो तेलीभिजन मा तिनै समचार हरू बज्न थाल्छन् अनी त आमाहरू पनी अतासिनु हुन्छ अनि समचार ले भनेको केही दिन पछित बाकस मा पार्सल भएर फर्किन्छौ आफ्नै जन्म भुमी तिर हो तेती खेरै फेरी रूनुहुन्छ कराउनु हुन्छ चिच्याउनु हुन्छ आमाहरू तर आफ्नो सन्तान हो माया कस्लाई लाग्दैनर। जब हामी हरू यो धर्तीमा आएका थियै तेतिखेर पनी धेरै रूनु भयो होला आमाहरू फेरी यो धर्ती लाई छोड्डा पनी धेरै रूनु भयो होला आमाहरू आखिर कहिले सुख दिन सकेनौ है हामी ले आमाहरू लाई।
हो तेसैले आमाहरूले भन्ने गर्नु हुन्छ।

तिम्रै बाटो हेर्दा देर्दै गाह्रो हुन्छ बाबु पर्खिनलाई
मालिकले थर्काउदा सकिदैनरे बाबु तर्किनलाई
अब केही गरेर देखाउ तिमीले आफ्नै देशमा
नजाउ पराई भुमी लास बनी बाबु फर्किनलाई

नजाउ बाबु पराई भुमी केही गर आफ्नै देशमा
पराई भुमीलाई छोडी बसाई सर आफ्नै देशमा
अबत पसिना नबगाउ भो बाबु पराई भुमिमा
छित्तै फर्की आउँ के पो हुदैनर आफ्नै देशमा

लेखक=केहर सिंह खासु मगर
गुल्मी बलिथुम नौ

Saturday, 2 April 2016

गजल

बाकस का बाकस लास लिएर आउदैछ
थाहा छ सारा नेपालीको आंशु चुहाउदैछ

समचारले भन्छ फल्ना  देशमा यटी मरे
र पनी नेपाल आमालाई अझै रुहाउदैछ

यस्तो हुन्छ  भन्ने थाहा  हुदा हुदै  पनी
किन युवा हरुलाई खाडी तिरै उदाउदैछ

पराई देशमा कोही हुदैनरे आफ्नो भन्ने
फेरी पनी आज आफ्नै देखी छुटाउदैछ

अझै सोझा साधा  हामी नेपाली लाई नै
होसीयार ठाँउ-ठाँउमै यसरी फसाउदैछ

लेखक=केहर सिहँ खासु मगर
गुल्मी बलिथुम (नौ)

मुक्तक

उ त्यो पराई देश बाट जहाज आयो भने अनी हामी संगै रूदै आकास आयो भने साच्चै के गर्नेछौ ए नेपाल भनत तिमीले तेही बाकस भित्र हाम्रो लास आयो भने

मुक्तक

के हो माया बिछोड हुनेलाई सोध
हरपल उस्कै तस्विर छुनेलाई सोध
अनी बल्ल थाहा पाउछेउ तिमी ले
नपत्त्याए पल-पल रुनेलाई सोध

मुक्तक

मेरो भन्दा तिम्रो जिवन दामी भएसी
तिम्रो जन्ती अनी मेरो मलामी भएसी
हो तिमी पनी पक्कै रूने नै छै सानी
संगै जिउने मर्ने बाचा खरानी भएसी

मुक्तक

जब तिम्रो घरमा नौमती बज्ने छन्
यटा मलाई त आर्यघाट लक्ने छन्
अनी तिमी पनी आउली मलाई भेत्न
तर मलाई खरानी बनाई सक्ने छन्

मुक्तक

साथी संगै एक दुई प्याक लिएको बेला
लिदा लिदै धेरै प्याक हरु पिएको बेला
तिमी भने फेरी आयौ झस्काउन मलाई
तिम्रै याद संग-संगै मुटु सिएको बेला

केहर सिहँ खासु मगर
गुल्मी बलिथुम (नौ)

गजल

मनको पिडा सबै बटाउछु भनेर
धेरै  खुसी  हरु  पठाउछु  भनेर

दोबाटोमा एक्लै कुरायौ मलाई
तिमीले फर्किएर आउछु भनेर

किन झुठा सपना हरू देखायौ
सधै तिमी संग रमाउछु भनेर

मेरो चोखो माया त्यागी गयौ
अब यसै गरी सटाउछु भनेर

रोयको मनलाई फेरी रूहाउदै
गयौ तिमी अझै रूहाउछु भनेर

लेखक=केहर सिहँ खासु मगर
            गल्मी भलिथुम (नौ)

मुक्तक

बगी रहेछन् आज रंग हरूको खोली
तिनै रंगले भिजेहोलान् चैबन्दी चोली
यिनै सप्त रंगी रंग हरू संग-संगै
सबै-सबै साथीहरू मा हैप्पी होली

मुक्तक

हाम्रो बिछोड को एउटा गित बनाउनेछु
अनी तेही गितलाई सुपरहित बनाउनेछु
हो तेटी खेरै साच्चै तिमी पनी दंग पर्नेछौ
जब छुटेको माया लाई चर्चित बनाउनेछु

लेखक=केहर सिहँ खासु मगर
            गुल्मी बलिथुम (नौ)