Saturday, 2 April 2016

गजल

बाकस का बाकस लास लिएर आउदैछ
थाहा छ सारा नेपालीको आंशु चुहाउदैछ

समचारले भन्छ फल्ना  देशमा यटी मरे
र पनी नेपाल आमालाई अझै रुहाउदैछ

यस्तो हुन्छ  भन्ने थाहा  हुदा हुदै  पनी
किन युवा हरुलाई खाडी तिरै उदाउदैछ

पराई देशमा कोही हुदैनरे आफ्नो भन्ने
फेरी पनी आज आफ्नै देखी छुटाउदैछ

अझै सोझा साधा  हामी नेपाली लाई नै
होसीयार ठाँउ-ठाँउमै यसरी फसाउदैछ

लेखक=केहर सिहँ खासु मगर
गुल्मी बलिथुम (नौ)

No comments:

Post a Comment