एउटा असल नारी जब बैबाहीक जिवनमा बाधिनुहुन्छ अनी नौ नौ महिना कोखमा गर्भ राखेर हामीलाई यो धर्ती मा ल्याउनु हुन्छ अनी एउटा असल नारी आमा बन्नुहुन्छ। सायद हामीलाई यो धर्ती सम्म ल्याउन कती दु:ख कस्त भोग्नु भयो होला तर हामी हरूकै पहिलो एक मुस्कानले गर्दा सबै दु:ख कस्त भुलिदिनुहुन्छ तिनै आमा हरूले। अनी हामी हरूलाइ स्याहार सुसार गर्दा गर्दै आमा हरूलाई कहिले पनी आराम गर्ने मैका मिल्दैन, तेती खेर सोच्नु हुन्छ कहिले थुलो हुन्छ र बल्ल सुख लोला अनी हामी हरूपनी हुर्किदै जादै गर्दा पहिलो पटक हाम्रो बोली बाट आमा भन्ने सब्द निस्किन्छ हो तेतीखेरै आमा हरू पनी धेरै खुसी हुनुहुन्छ। अनी पहिलो पटक आमाले नै हात छोपेर लेख्न सिकाउनु हुन्छ र हामी बिस्तारै हुर्कीदै जान्छै अनी भन्छौ आमा म स्कुल जाने है भनेर आमाले पनी मुस्कुराउदै हुन्छ भन्नु हुन्छ। अनी आमाले नै बोकेर पहिलो पटक स्कुल पुर्याउनु हुन्छ अनी पण्दा पण्दै हामी हरूपनी थुलो हुदै जान्छौ अनी आमाले हामीलाई यती दु:ख गरेर पडाउनु हुन्छ तर हामीले जती पदे पनी यो नेपाल मा कुनै जागीर पाईदैन हो यस्तै सोच्दा सोच्दै कुनै न कुनै दिन बिछोडीनु पर्छ धन कमाउने सपना लिएर। सधै हामीलाई धेखेर मुस्कुराउने ती आमाका ओठ हरूमा त्यो छेर कुनै मुस्कुरात नहुदो रहेछ हुदोरहेछत केबल आखा मा आंशु हरू मात्र हो तेती खेरै आफु लाई पनी भत्कानिएर रून मनलाग्दो रहेछ तर हामीलेत आमालाई सम्झाउनु पर्छ अनी आमालाई सम्झाउदै गर्दा मलाई छोडी नजा बाबु भन्दै धेरै रूनु हुन्छ तर हामीहरू जानै पर्छ, अनी आमाले रूदै तिका लगाइदिदै बिदाईका हात हरू हल्लाउनु हुन्छ र हामी हरू पनी लागीन्छ आफ्नो गन्तब्य तिर। पास्फोर्त अनी सठीपिकेत लिएर ऐर्पोत मा छिर्दा मनमा कम्ता चिसो पस्दो रहेछ तर पनी जानै पर्ने अनी काहो का बाट आयो एउटा जहाज अनी हावा संगै उदाएर लैजान्छ अपरिचित देशमा जहा आफ्नो भन्ने कोही नहुदो रहेछ हाम्रो जन्म भुमी जस्तो नहुदो रहेछ कर्म भुमी। अनी एक दिन आमाको फोन आउछ र आमाले भन्नु हुन्छ सन्चै छौ बाबु...? अनी हामी बिरामी भए पनी उम् आमा हामी सच्चै छौ भनेर भन्छौ हो आमाहरूले जती जे सोधेपनी हामी हरूले सिधा कहिले बताउदैनौ किन की हामीलाई यता साह्रै दु:ख छ तेसैले गर्दा पनी आमा हरू संग झुत बोल्ने गर्छौ तर यता कतीखेर पार्सल भएर नेपाल गैनेहो पत्तै हुदैन तेसैलेत होला जिउदो सरिर पनी मरे जस्तो लाग्छ तर जे नसोचेका थियै तेही भैदिन्छ। अनी नेपाल मा जता ततै रेडियो तेलीभिजन मा तिनै समचार हरू बज्न थाल्छन् अनी त आमाहरू पनी अतासिनु हुन्छ अनि समचार ले भनेको केही दिन पछित बाकस मा पार्सल भएर फर्किन्छौ आफ्नै जन्म भुमी तिर हो तेती खेरै फेरी रूनुहुन्छ कराउनु हुन्छ चिच्याउनु हुन्छ आमाहरू तर आफ्नो सन्तान हो माया कस्लाई लाग्दैनर। जब हामी हरू यो धर्तीमा आएका थियै तेतिखेर पनी धेरै रूनु भयो होला आमाहरू फेरी यो धर्ती लाई छोड्डा पनी धेरै रूनु भयो होला आमाहरू आखिर कहिले सुख दिन सकेनौ है हामी ले आमाहरू लाई।
हो तेसैले आमाहरूले भन्ने गर्नु हुन्छ।
तिम्रै बाटो हेर्दा देर्दै गाह्रो हुन्छ बाबु पर्खिनलाई
मालिकले थर्काउदा सकिदैनरे बाबु तर्किनलाई
अब केही गरेर देखाउ तिमीले आफ्नै देशमा
नजाउ पराई भुमी लास बनी बाबु फर्किनलाई
नजाउ बाबु पराई भुमी केही गर आफ्नै देशमा
पराई भुमीलाई छोडी बसाई सर आफ्नै देशमा
अबत पसिना नबगाउ भो बाबु पराई भुमिमा
छित्तै फर्की आउँ के पो हुदैनर आफ्नै देशमा
लेखक=केहर सिंह खासु मगर
गुल्मी बलिथुम नौ
No comments:
Post a Comment