Saturday, 2 April 2016

गजल

मनको पिडा सबै बटाउछु भनेर
धेरै  खुसी  हरु  पठाउछु  भनेर

दोबाटोमा एक्लै कुरायौ मलाई
तिमीले फर्किएर आउछु भनेर

किन झुठा सपना हरू देखायौ
सधै तिमी संग रमाउछु भनेर

मेरो चोखो माया त्यागी गयौ
अब यसै गरी सटाउछु भनेर

रोयको मनलाई फेरी रूहाउदै
गयौ तिमी अझै रूहाउछु भनेर

लेखक=केहर सिहँ खासु मगर
            गल्मी भलिथुम (नौ)

No comments:

Post a Comment