श्री संस्कृति संरक्षण तथा समाज विकास युवा परिवार, गुल्मीदरबार गाउँपालिका-१, बलिथुम गुल्मी द्वारा आयोजित देउँसी भौलो कार्यक्रम २०७४
पुरा भिडियो हेर्नूहोस्
https://youtu.be/8NkYZujou1c
श्री संस्कृति संरक्षण तथा समाज विकास युवा परिवार, गुल्मीदरबार गाउँपालिका-१, बलिथुम गुल्मी द्वारा आयोजित देउँसी भौलो कार्यक्रम २०७४
पुरा भिडियो हेर्नूहोस्
https://youtu.be/8NkYZujou1c
यो धर्ति हुनु पर्छ अनि यो आकास हुनु पर्छ
तिम्रो मलाई मेरो तिम्लाई विस्वास हुनु पर्छ
रहर ले होइन हामी बाध्यताले छुटिए पनि
एक लाई अर्को को एसै गरि आभास हुनु पर्छ
अझै कति सम्म म सङ्ग झर्केर बोल्छौ .तिमी
कहिले काही त त्यो बोलिमा मिठास हुनु पर्छ
मुना लाई बिच सफर
मै छोडी हराएँको मदन साएँद त्यो बिरानो ठाउँ तेहीं प्रवास हुनु पर्छ
जति खेर नी गर्छन् घात त्यो मायाको कुरै नगरौ
खत्ति खेर छोड्छन् हात त्यो मायाको कुरै नगरौ
उनिलाई कुर्दा-कुर्दै हरेक बिहान अनि हरेक साझ
उन कै यादमा बिते रात त्यो मायाको कुरै नगरौ
त्यो मेरो साचो अनि चोखो मायामा देखाएँकै हुन्
आफै उनिले पक्ष पात त्यो मायाको कुरै नगरौ
उनिलाई सजाएँको, यो मुटु मा नै, उनि आफैले
हानि गएँकी हुन् लात त्यो मायाको कुरै नगरौ
केहर सिंह खासु मगर
गुल्मीदरबार गाउँपालिका-१, बलिथुम गुल्मी
मन भित्र बास गरी अन्तै डेरा जमाउँनु रैछ र पो
अस्ति भेटि हिजो कहाँ हो कहाँ हराउँनु रैछ र पो
म संग-सँगै जिउँने अनि मर्ने बाचा गरेउ तिमीले
आज मलाई रुहाइ अर्कैलाइ हसाउँनु रैछ र पो
रमाउँनु छ अब सुनौलो बिहानी सँगै
तिमी रमाउने यी आँखाको नानी सँगै
एक अर्काको साथमा रमाउदा-रमाउदै
यसै गरी बितोष हाम्रो जिन्दगानी सँगै
धेरै गरियो मजाक जिन्दगीको
कटै लाग्छकी पाप जिन्दगीको
हिजो अस्ति गरियो मोज मस्ती
अब लाग्छ रे सराप जिन्दगीको
केहर सिंह खासु मगर
गुल्मीदरबार गाउँपालिका बलिथुम-१गुल्मी
बिपनीमा नभेटेको धेरै भयो मेरी आमालाई
सपनीमा नदेखेको धेरै भयो मेरी आमालाई
ती सेता पानामा मैले पनि यी हातले एउटा
चिठ्ठी नलेखेको धेरै भयो मेरी आमालाई
केहर सिंह खासु मगर
तिम्रो अनि मेरो जम्का भेट भयो भने
न यता न उटा पाइला बिच्मै रयो भने
साच्चै त्यो पल तिमी के गर्छौ होला
तिम्रो यो भुपू प्रेमी रुदै-रुदै गयो भने
केहर सिंह खासु मगर
सकिएन बनाउँन हाम्रो माया अजम्बरी
छुटी गयो हाम्रो साथ चुडिएको चंगा सरी
एउटै थियो उन्को अनि मेरो मनको बेठा
छोडी जान्छन् भन्ने कुरा यो मनलाइ केठा
बिटेका पल सम्झनामा आउँछ घरी घरी
छुटी गयो हाम्रो साथ चुडिएको चंगा सरी
दोबाटो मै छोडी गयौ मेरो मन् को साथी
तिम्रै झल्को आउँछ अनि रुन्छु राती राती
रुदा पनि तिम्रै छाया आउँछ आँखा भरी
छुटी गयो हाम्रो साथ चुडिएको चंगा सरी
सकिएन बनाउँन हाम्रो माया अजम्बरी
छुटी गयो हाम्रो साथ चुडिएको चंगा सरी
लेखक=केहर सिंह खासु मगर
गुल्मीदरबार गाउँपालिका बलिथुम-१ गुल्मी
गाउँ अनि घरमा बद्नामी हुनुछ
सँगै यो सहरमा बद्नामी हुनुछ
हो अब म यसै गरी हजुर हरु
सबैको नजरमा बद्नामी हुनुछ
केहर सिंह खासु मगर
दशैं आयो तिहार आयो आउनुस् घर फर्की
हजुर को बैनी बसी राछे हजुर लाईनै पर्खी
उटा दाईको निधार खाली एटा मेरो हात खाली
रूदै बस्नु पर्ने भयो दाजु बैनी यसै पाली
केहर सिंह खासु मगर
हिड् दुल गर्नु पर्छ उकाली ओरालीमा
डाडा काडा भन्ज्याङ अनि चौतारीमा
म संग सँगै खुसी हुनु पर्नेछ तिमी पनी
गाउँ घर मेला पात अनि खेत बारीमा
केहर सिंह खासु मगर
गुल्मीदरबार गाउँपालिका बलिथुम-१ गुल्मी
तिम्रो याद आउँछ अनि रुन मन लाग्छ
आँसु ले यी परेली हरु धुन मन लाग्छ
जती सम्झाए पनि मान्दैन यो मनले
र त हरेक पल पागल हु्न मन लाग्छ
सिउँदो मा छैन सिन्दुर, म पराईकी हु भन्छिन्
आफु देखी बनाउन दुर, म पराईकी हु भन्छिन्
जस्लाई आफ्नै मुटु सोचेको थिए तेहीं मुटुले
भुल्नलाई बनाई मज्बुर, म पराईकी हु भन्छिन्
केहर सिंह खासु मगर
गुल्मीदरबार गाउँपालिका बलिथुम-१ गुल्मी
चाहेरनी तिम्रो माया पाउँन सकिन
चोखो माया कहिल्यै लाउँन सकिन
यो भाग्यमा रुन मात्र लेखेको रहेछ
र त मलाई कसैले हसाउँन सकिन
केहर सिंह खासु मगर
लौन मेरोनी ठुटुनो बाङ्गियो अब क्यार्नी होला
लामो हुदै नाखैं तिर तान्नियो अब क्यार्नी होला
आज भोली नै हो एटा र उटा बाङ्गिन थालेको
साच्चै भा पहिले त राम्रै थियो अब क्यार्नी होला
प्रेमी जोडी हरुलाई छुटाउँन आईपुग्यो मंसीर
यताको लगन उता जुराउँन आईपुग्यो मंसीर
फेरी यस् पाली पनि कैयौ प्रेमी मन हरूलाई
पोहोर परार जस्तै रुहाउँन आईपुग्यो मंसीर
केहर सिंह खासु मगर