पराईले नै उनीको सिउदो भरे पछी
मनै थाम्न ग्रारो भयो आशु झरे पछी
चोखो माया आज सबै तुटाएर गईन्
मलाई एक्लै पारी उनी पराईको भईन्
गावै सुन्ने पारी उनले बसाई सरे पछी
मनै थाम्न ग्रारो भयो आशु झरे पछी
गए पनी उन्ले यो मन लाई रूहाएर
सताई रन्छिन् उन्ले सपनीमा आएर
मायाले नै आज मलाई घाट गरे पछी
मनै थाम्न ग्रारो भयो आशु झरे पछी
पराईले नै उनीको सिउदो भरे पछी
मनै थाम्न ग्रारो भयो आशु झरे पछी
लेखक=केहर सिहँ खासु मगर
गुल्मी बलिथुम (नौ)
No comments:
Post a Comment