रेखा थापा मगर (आँशु)
हैन यो कस्तो दिन जुरायो दैवले
मेरो मुटु भुवा सरी उडायो दैवले
म जादैन भनी बिलैना गर्दै थिए
आयो तप्प तिप्यो मिती पुरायो दैवले
केहर सिहँ खासु मगर
सबैलाई यस्तै गराउछ दैवले
मन परेको मान्छेलाईनै हराउछ दैवले
निको हुदै थियो मुटुको घाउ
फेरी तेही मुटुलाई चराउछ दैवले
रेखा थापा मगर (आँशु)
जन्मे पछी मर्नै पर्ने संसारको चल्ती यस्तै छ
कहिले रित्तो कहिले भर्नुपर्ने कालको खल्ती यस्तै छ
उटा मुनाले मदनलाई चतक्कै छाडी बादल पारी जादा
आफन्त रूने बैरी हास्ने संसारको गल्ती यस्तै छ
No comments:
Post a Comment