आर.
आजभोली किनकिन आफै भिन्न हराएकी छु
फेसबुक बाटै कसैलाई मन पराएकी छु
मनको बह उनकै सामु पोखु भने
रिसाउनेपो हुन्की भनी दराएकी छु
के.
हजुर लाई छाडी अन्तै मन सरायो भने
भाको एउटा फेसबुक पनी हरायो भने
अनी हजुर के गर्नु हुन्छ भन्नु त
उसले अर्कैलाई मन परायो भने
आर.
एक छिन त यो मन पक्कै रुनेछ
न्याउलीलाई झै बिरहले छुनेछ
मलाई लत्याइ उनी खुसी हुन्छन भने
उनीको खुसीनै मेरो खुसी हुनेछ
के.
उसको खुसी को लागी कती रुनुहुन्छ
नबोल्ने त्यो तस्बिर कती छुनुहुन्छ
के थाहा उ हजुरकै पो होकी
फोक्कत मा आसुले परेली कती धुनुहुन्छ
आर.
एउटा कुरा साथी म भन्दा उनी धेरै धनी छनरे
तर मैले भने माया गर्छु मन ले
कतै यो चोखो माया मा प्रभाव पर्नेत हैन
उनको अनी मेरो रहन सहनले
के.
मायामा कहिले काही धन पनी खाचो हुन्छ
अनी त्यो दुइ दिनको जिवन पनी खाचो हुन्छ
धनी भए पनी माया त साचोनै होलानी
तर कहिल्यै तेही मन पनी खाचो हुन्छ
आर.
मायालाइ धन संग तुलना गर्ने यो कस्तो नियम
धन नभए अर्कै दिलमा सर्ने यो कस्तो नियम
धनको अपार रास नभएनी मनको त होला
गरिव मानव खान नपाइ मर्ने यो कस्तो नियम
के.
खै थाहा छैन कस्ले बनायो यस्तो नियम
अनी खै काहा बाट आयो यस्तो नियम
धनी र गरिवले गर्ने माया कस्तो हुन्छ र
अनी खै काहा बाट कस्ले ल्यायो यस्तो नियम
आर.
धन सम्पत्तिको ठुलो खानी छैन मेरो
दुनियालाइ छक्काउने बानी छैन मेरो
चोखो माया गरेरै त भनेको
कुनै झुठो प्रेमको काहानी छैन मेरो
के.
त्यो मन सधै तेस्तै रहोस
हजुरको सोचाइ यस्तै रहोस
यो मायानै मायाको संसार मा
माया गर्ने हजुरको मन बेस्तै रहोस
आर.
जुन दिन उनको मनले यो मन छुनेछ
त्यो दिन यो मन बल्ल व्यस्त हुनेछ
जब मेरो ह्रदयको चोखो माया चिनीन्छनी
तब जिन्दगीले अनगिन्ती सपना बुन्नेछ
के.
मनै मन मिलाएर मन व्यस्त गराउनु
फाटेको मन सिलाएर मन व्यस्त गराउनु
आखीर माया नै रहेछ जिउने आधार
यो दुनीयालाइ हिलाएर मन व्यस्त गराउनु
आर.
आज यो मन निक्कै दुखाउनु पर्यो
उनी प्रतीको माया मनमै लुकाउनु पर्यो
हो मायानै हो जिउने आधार भन्थे तर
मायाको फुल फक्रन नपाई बोट मै सुकाउनु पर्यो
के.
आज फेरी त्यो मन किन दुखेव सानी
मनको माया मनमै किन लुकेव सानी
मुनार मदनको जोदी जस्तै हाम्रो
बिच सफरमै आज किन छुट्टेव सानी
आर.
कुन सानीको यादमा यता मुक्तक पोस्त गर्नु भो
कि त्यो दिल लाई छाडी अर्कै दिलमा सर्नु भो
वसन्तले नँया पालुवा फेरे जस्तै दाजुले नी
त्यो दिल लाई बिछिट्टै फेर्नु भो
के.
मुक्तक मा मात्र हो मन फेरे छैन
उनिलाई दिएको बचन फेरे छैन
उनी बद्लीए पनी म बद्लीदैन
रत उस्तै छ जिउदाल जिवन फेरे छैन
आर.
उहालाई यसरी नै साथ दिदै जानु
दु:ख अनी सुख मा हात दिदै जानु
यदी प्रदेशी हुनुनै छ भने
उपहारमा जुनेली रात दिदै जानु
के.
औशीं मानी पुणीमा को जुन दिएको थिए
उनिलाइ बचाउन आफ्नै खुन दिएको थिए
तर कत्ती छित्तो बिर्सीएछन् यो प्रदेशी लाइ
र पनी कहील्यै नबिर्सीने गुन दिएको थिए
रेखा थापा मगर (आँशु)
संधिखर्क अर्घाखाची, होस्पितल लाइन
--------------------------
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम (नौ), जाङ्खर तोल
No comments:
Post a Comment