Monday, 14 March 2016

५ मुक्तक

रेखा थापा मगर (आँशु)

खबर पाए हरेक बार वर्त हुदैछरे
भगवान् संग बचाउने सर्त हुदैछरे
भो अब मेरो लागी मठ मन्दिर नधाउनु
मेरो मृत्यु स्वर्गलोकमा दर्ता हुदैछरे

केहर सिहँ खासु मगर

बाच्नु पर्छ जिन्दगीमा मर्नु हुदैन
मर्ने कुरा कैले पनी गर्नु हुदैन
साच्चै फुलहो भन्छन् जिवन
फुल्नु पर्छ कोपीलामै झर्नु हुदैन

रेखा थापा मगर (आँशु)

अर्थ पाइन आफुले आफैलाई छलीछली बाँचे पछी
एउटै यादमा वेहोसी भई धलीधली बाँचे पछी
जिन्दगीका सारा सपना चकना चुर भइदिदा
जिउनै गाह्रो जिदै लास भई जलीजली बाँचे पछी

केहर सिहँ खासु मगर

पिडा जती मै लिन्छु खुसी भै बाच्नु तिमी
जिन्दगीमा सधै भरी हास्नु तिमी
जे जस्तो भए पनी जुनी कात्ने एउटै संग
बेहोसीमै फुल जस्तो जोबान नमास्नु तिमी

रेखा थापा मगर (आँशु)

अमृत रपी यी आँसु खस्न कसलाइ रहर हुन्छ
फुल जस्तो जिन्दगी मास्न कसलाइ रहर हुन्छ
जिन्दगीलाई फुलाउन खोज्दा बिचमा पर्खाल खदा भएसी
पल पल मरेर बाच्न कसलाइ रहर हुन्छ

No comments:

Post a Comment