के.
मलाइ याम लोक जाने भिषा आको छरे
कहिल्यै निको नहुने रोग लाको छरे
अब तिमी मलाई माया नगर भो
मेरो मुटु अनी कलेजो खत्तम् भाको छरे
आर.
यस्तो सुन्दा भत्कानीदै रोली भन्ने सोचेनौ
पल पल मेरै तस्बिर छोली भन्ने सोचेनौ
कती सजिलै भन्यौ है मलाई बिर्सनु भनेर
म बिना उ पनी एक्लै होली भन्ने सोचेनौ
के.
सास मात्र घिटी घिटी यस्तै छ
बाचदिन परिस्थिती यस्तै छ
जसो तसो आफुलाई सम्हाल्नु
तिमी रुने म मर्ने मिती यस्तै छ
आर.
खै कस्को लागी बाँचु जिउने आधार टुटेसी
सिसा जस्तै मेरो कर्म फुटेसी
न जिउन सक्ने न मर्न सक्ने हुन्छु राजा
धड्कन चल्ने मुटु दैवले लुटेसी
के.
मायाको घर थियो ठगेव दैवले
सपनाको सहर थियो ठगेव दैवले
तिमी हास्दा हास्ने तिमी रुदा रुने
मेरो पनी रहर थियो ठगेव दैवले
आर.
संगै जिउने सपना अधुरो भो भने
जिन्दगीको दिप मधुरो भो भने
पुरा गर्न आउनेछु तिमी संगै
हाम्रो प्रेम कहानी अपुरो भो भने
के.
हरेक दिन दु:ख कस्त भोगाइमा छु
यक्लो यो जिवन रोगाइमा छु
छिट्टो आउहै हाम्रो प्रेम पुरा गर्न
हरेक दिन म तिम्रै प्रखाइमा छु
आर.
सबैले जिवनमा दु:ख कस्त भोग्नु पर्छ
रुदैन भने पनी एक दिन पक्कै रुनु पर्छ
हरेस् नखानु जिन्दगीमा कत्ती पनी
तिमी प्रत्येक पाइलामा सफल हुनु पर्छ
के.
जिवनै नभएसी कसरी हुने सफर
हरेक क्रियाकलाप भैराछ बिफल
आज छ भोली छैन भन्छन् जिवन
तेसैले होला गर्न सकिराको छैन हल
केहर सिहँ खासु मगर
गुल्मी बलिथुम (नौ), जाङ्खर तोल
-------------------------
रेखा थापा मगर (आँशु)
सन्धिखर्क अर्घाखाची, होस्पितल लाइन
No comments:
Post a Comment